परिणाम देखिने गरि काम गर्न प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन
काठमाडौं,असार ३१ । नवनियुक्त प्रधामन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सोमबार साँझ पहिलो मन्त्रिपरिषद बैठक बसेको छ ।
बैठकमा नियमित तथा विपदसँग सम्बन्धित छलफल र अत्यावश्यकीय निर्णयहरु भएकाछन् । पहिलो बैठकमा नै प्रधानमन्त्री ओली सबै मन्त्रीहरुलाई परिणाम देखिने गरि काम गर्न निर्देशन दिएका छन् ।
उनले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका हुन् । उनले मन्त्रालयहरुबीच समन्वय गरेर एक महिनाभित्र केही न केही फरक देखिने गरि काम गर्न भनेका हुन् ।