सिमलताल पहिरो: बेपत्ता भएकाहरूको आफन्तलाई निःशुल्क खाना र बासको व्यवस्था



काठमाडौं,असार ३१ । सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी नै छ । पहिरोले बेपता भएका व्यक्तिहरूको आफन्तलाई निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता यात्रुको खोजी कार्यका लगि आएका परिवारजनलाई स्थानीय होटल व्यवसायीसँगको समन्वयमा निशुल्क खाना र बासको व्यवस्था गरिएको हो ।

गत शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुई वटा बस बगाएको थियो। सोमबार बिहानसम्म ११ जनाको शव फेला परेको छ ।त्यसमध्ये पाँचवटाको सनाखत भइसेको प्राधिकरणले जनाएको छ ।

हालसम्म चितवनका विकास परियार, सर्लाहीका रमित कुमार माझी, भारत ऋषिपाल शाह, जय प्रकाश ठाकुर र सजाद अन्सारीको शव सनाखत भएको हो ।

सुरक्षाकर्महरुले तामिमप्राप्त गोताखोरसहित विभिन्न आधुनिक उपकरणको प्रयोग गर्दै साहसका साथ घटनास्थादेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी कार्य गरिरहेका छन् । खोजी कार्यमा ५०० जनाभन्दा बढी सुरक्षा कमी र २८ जना तीव्र बहाव भएका नदीमा खोज ीगर्न सक्ने गोताखोर क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्