सुनको मूल्यले बनायो कीर्तिमानी उचाई, नेपाली बजारमा हालसम्मकै महँगो



काठमाडौं,असार ३१। सुनको भाउले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँ बढेको छ ।

सोमबार छापावाला सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । आइतबार १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिनका लागि चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ। आइतबार भने १ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्