एमालेबाट टुङ्गो लाग्यो ८ मन्त्री, को को हुने भए ? 



काठमाडौँ,असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा एमालेबाट ८ मन्त्री टुङ्गो लागेको हो । 

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई, भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाल, शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाउन लागिएको हो । 

त्यस्तै एमालेबाट दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाइन लागेको स्रोतले बताएको छ । भण्डारी यस अघिपनि उद्योग मन्त्रिनै रहेका थिए । 

त्यस्तै बलराम अधिकारीलाई कृषि तथा सहकारी मन्त्री, राजकुमार गुप्तालाई सङ्घीय मामिला र मनवीर राईलाई रक्षा मन्त्री बनाइन लागेको एमाले स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्