गृहसहित कांग्रेसको भागमा कुन-कुन मन्त्रालय पर्यो ?
काठमाडौं,असार ३०। एमाले अध्यक्ष केपी शर्मा ओलिीको नेतृत्वमा बन्न लागेका सरकरमा मन्त्रालयको भागबन्डा भएको छ।
नयाँ सरकारमा नेपाली कांग्रेसले गृहसहितको मन्त्रालय प्राप्त गरेको छ । प्रधानमन्त्रीसहित अर्थ लगायतको ८ वटा मन्त्रालय एमालेको भागमा परेको हो ।
नेपाली कांग्रेसले भने परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ । मन्त्रालयको भागबन्डा भएता पनि मन्त्रीहरुको टुंगो भने लगाउन बाँकी छ ।