छहरे-टोखा सडक खुल्यो



नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड खुलेको छ । गएराति परेको भारी वर्षाले ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो पन्छाए संगै सुचारु भएको हो ।

सडकखण्डको छहरे,काफलडाडा र थानाभञ्ज्याङ् क्षेत्रमा पहिरो खस्दा गएरातिदेखि नै दुबै तर्फको सवारी आवतजावत बन्द भएको थियोे ।

सडक डिभिजनको डोजरको सहायताले आइतबार बिहानैदेखि पहिरो पन्छाउन प्रहरीसहित स्थानीय खटेका थिए । सवारीसाधन सुचारुसंगै यात्रु आफ्नो गन्तव्यतर्फ लागेको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका प्रमुख हर्कबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्