त्रिशूलीमा बेपत्ताकाे खोजी कार्य जारी



चितवन,असार २९ । त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको  छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली  सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो पनि खोजी कार्य जारी राखेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बसको लोकेसन अनुमान गर्न सकिने बताए । “शुक्रवार साँझ रातिमा रोकिएको  उद्धारको काम शनिवार बिहानैबाट सुरु भएको छ । वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिन्छ । आज यसको प्रमाणिकरण हुने छ”, उनले भने । 

गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ । हराएका बस र यात्रुको खोजेकालागि आवश्यक जस्तो सुकै अत्याधुनिक उपकरणहरू पनि आवश्यकता अनुसार प्रयोगमा ल्याउने रणनीति जिल्ला सुरक्षा समितिले लिएको छ । 

“खोजी कार्यमा हामी कुनै कुराको अभाव हुन दिँदैनौ”, प्रनाउ रिमालले भने । अविरल वर्षाका कारण  नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान  पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो। पहिरोसँगै झरेको ढुङ्गा तेस्रो  बसमा पर्दा एक चालकको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्