सञ्चारमन्त्री शर्माले लिइन बिदा
काठमाडौ,असार २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा १८ महिने कार्यकालपूरा गरेर बिदा लिएकी छिन ।
बिदाइ सम्बोधनमा उनले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नीति, कानुन र संरचनात्मक परिवर्तन गर्न, दूरसञ्चार क्षेत्रमा रहेको अघोषित सिण्डिकेटको अन्त्य गर्ने महत्त्वपूर्ण काम गरेको उल्लेख गरिन ।
सूचना प्रविधि क्षेत्रलाई इतिहासमै पहिलोपटक मुलुकको आर्थिक रुपान्तणकारी क्षेत्रको रुपमा स्थापित गर्दै आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरेर दश वर्षमा ३० खर्ब बराबरको सेवा निर्यात र १५ लाखलाई देशभित्रै रोजगारी दिने गरी रणनीतिक आधार तयार भएको उनको भनाइ छ।