नुवाकोट पञ्चकन्याकी अम्बिका खतिवडा त्रिशुली नदीमा बेपत्ता



नुवाकोट,असार २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार, फुर्केसल्लाकी ३० वर्षीया अम्बिका खतिवडा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी छिन ।

शुक्रबार स्वास्थ्य परिक्षण गरी घर फर्कन्छु भनी बुढिसेरा-छहरे- त्रिशुली बसमा चढेकी खतिवडा विदुर ३ स्थित बाङ्ङे दह नजिकै त्रिशुली नदीमा दिउँसो १२ बजे हेलिएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले निजको झोला भने फेला पारेका छन् । झोलामा स्थानीय पोलिक्लिनिकको कार्ड, गहना तथा लत्ताकपडा रहेको प्रहरीले जनाएको छ । बेलकोट माइतीघर भएकी खतिवडाको खोजी कार्यका लागि भद्रुटारका आफन्तजन अहिले विदुर पुगेका छन् । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्