म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु



म्याग्दी,असार २८ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । 

ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो ।

घरभित्र सुतेका घरधनी अन्दाजी ५०-५१ वर्षका तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश प्रसाद अधिकारीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्