पहिरोमा परी त्रिशूली नदीमा दुई वटा बस बेपत्ता
चितवन, असार २८ । अविरल वर्षाका कारण पहिरोमा परी त्रिशुली नदीमा परेर दुईवटा बस वेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजे बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।
बीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।