पोखरामा पहिरोले घर पुरिँदा सातको मृत्यु, दुई घाइते
पोखरा,असार २८ । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको जानकारी सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।
घटनाको थप जानकारी आउने क्रममा रहेको छ ।