क्यान्सरपीडित नुवाकोट विदुरका युनिक तामाङलाई नगद सहयोग



विदुर,असार २७ । लामो समयदेखि ब्लडक्यान्सर रोगबाट पीडित युनिक तामाङलाई स्वर्गीय सुधीरमान सिंहको सम्झनामा उनको परिवारले नगद सहयोग गरेको छ ।

विदुर नगरपालिका–१ रिमालडाँडाका ब्लडक्यान्सर रोगबाट पीडित तामाङलाई १५ हजार आर्थिक सहयोग स्वर्गीय सिंहका पिता विदुरमान सिंह र माता सावित्री सिंहले विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जितमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्