तोकिएको भन्दा बढी मूल्य लिई नुन बेच्ने दुई मार्टलाई कारबाही, ३/३ लाख जरिवाना
काठमाडौँ,असार २७ । आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्ने र उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई कारवाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोनुन एमआरपी भन्दा बढी मूल्य बिक्री वितरण गर्ने काठमाडौं महानगरपालिका–१३, सोल्टीमोड स्थित म्याक्रो मिनि मार्ट र अवधि व्यतीत भइसकेको उपभोग्य वस्तु बिक्री गर्ने ताहचल स्थित मेगा मार्ट प्रा.लि.लाई कारवाही गरेको हो ।
यी दुई खाद्यवस्तु बिक्री वितरण गर्ने दुई फर्मलाई विभागले तीन–तीन लाख जरिवाना गरेको छ ।