थप दुई उद्योगको पनि लाइन काटियो, कुलमानको उदेश्य के हो ?
काठमाडौँ,असार २७ । नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगमा विद्युत् काटेको छ । ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुधबार रातीबाट जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलमा विद्युत् काटेको छ। जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख ३५ हजार र हुलास स्टिलको ११ करोड २९ लाख ६४ हजार रुपैयाँ प्रिमियम महशुल बक्यौता रहेको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणले गत मंगलबारदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा पनि लाइन काटिदिएको थियो । प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्सको ६० करोड २९ लाख ४७ हजार, घोराही सिमेन्टको ४० करोड ६८ लाख २८ हजार र अर्घाखाँची सिमेन्टको ३५ करोड ८८ लाख ८६ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।बिभिन्न ६१ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरमार्फत् विजुली उपभोग गरेर करीब साढे ७ अर्ब रुपैयाँ बक्यौता राखेको प्राधिकणले बताउँदै आएको छ । अझै प्राधिकरणले दाबी गरेजस्तो २०७२ माघभन्दा अघि र २०७५ वैशाखभन्दा पछिको समेत हिसाब जोड्ने हो भने उद्योगीहरुको बक्यौता रकम निकै ठूलो हुने छ ।
बिभिन्न ६१ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरमार्फत् विजुली उपभोग गरेर करीब साढे ७ अर्ब रुपैयाँ बक्यौता राखेको प्राधिकणले बताउँदै आएको छ । अझै प्राधिकरणले दाबी गरेजस्तो २०७२ माघभन्दा अघि र २०७५ वैशाखभन्दा पछिको समेत हिसाब जोड्ने हो भने उद्योगीहरुको बक्यौता रकम निकै ठूलो हुने छ ।
व्यवसायीहरुले भने हालै आएको बाढीका कारण ठूला विद्युत् गृहहरुको उत्पादन बन्द भएपछि प्राधिकरणले गार्हस्थ उपभोक्तालाई ‘लोडसेडिङ’ हुनबाट जोगाउन उद्योगको विजुली काट्न थालेको बताएका छन् । यस अघि पनि हिउँदमा विजुली उत्पादन घटेपछि कुलमान घिसिङले यही डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विवाद निकालेर ठूला उद्योगको लाइन काटेका थिए ।
गत शनिबार उज्यालो हुनुभन्दा अघि नै विभिन्न नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र निजी ऊर्जा उत्पादकहरुले सञ्चालन गरेका ६४० मेगावाट जडित क्षमताका आयोजनाहरु बन्द गरिएको थियो । यो सूचीमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित माथिल्लो त्रिशूली ३ ए, सुनकोशी, बलेफी, तल्लो मोदी, मध्ये मोदी, माथिल्लो चमेलिया, सोलु दूधकोशी, लिखु १, लिखु २, मध्येतमोर, चमेलिया र कालीगण्डकी ए लगायत आयोजना छन् ।