देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच गठबन्धन
काठमाडौ,असार २६ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उनले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताएका हुन् ।
पूर्वअर्थमन्त्री महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गरे ।