प्राधिकरणले काट्यो तीन ठूला उद्योगको लाइन
काठमाडौं,असार २६ । विद्युत महशुल बक्यौता नतिर्ने उद्योगको बिजुली पुनः काट्न सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले तीन ठुला उद्योगहरुको लाइन काटेको छ ।
मंगलबार रातिदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् लाइन काटेको हो । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर प्राधिकरणले ती उद्योगको लाइन काटेको हो ।
प्राधिकरणले तोकेको समयमा उद्योगीले बक्यौता महशुल नतिरेपछि लाइन काटेको जनाएको छ । प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५० करोड ८५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यी बाहेक अन्य उद्योगहरुको पनि आजदेखि काटिने तयारी भएको प्राधिकरणले जनाएको छ ।