चिरख्वा हाइड्रोपावरमा दुई जना सञ्चालक निर्वाचित



काठमाडौं,असार २६ । चिरख्वा हाइड्रोपावर लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतीक्षा पौडेल र आनन्दमणि राउत निर्वाचित भएका हुन् । 

कम्पनीको असार २३ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी पौडेल र राउत निर्विरोध निर्वाचित भएको नेप्सेमार्फत जानकारी दिइएको छ ।

कम्पनीको साधारणसभाले आर्थिक वर्ष (आव) २०८०/८१ का लागि कँडेल एण्ड एसोसियट्सका राम प्रकाश शाहलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्