निजी कारमा ‘ह्विल लक’, सरकारीलाई छूट
काठमाडौं,असार २६ । ट्राफिक प्रहरीले सडक अनुशासन उल्लंघन गरेका सवारी साधनलाई कारबाही गर्दा विभेदपूर्ण रवैया देखाउने गरेको छ ।
यस्तै घटना मंगलवार काठमाडौंको थापाथलीस्थित सडकमा देखियो । प्रहरीले सडकको एकैतर्फ पार्किङ गरिएका निजी कारमा ह्विल लक लगाउँदा सोही स्थानमा पार्किङ गरिएको सरकारी सवारी साधनमा भने लगाएको छैन ।