अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो
तम्घास,असार २५ । शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
उक्त सडकखण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो।
गुल्मी खण्डको सडक खुलेको र बागलुङ तर्फको सडक पहिरोका कारण अझै बन्द रहेको उहाँको भनाइ छ। कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन्। ग्रामीण स्तरका भित्री कच्ची सडक भने अवरुद्ध छन्।