नुवाकोट लिखुका विद्यालयमा १५ दिन मात्र वर्षे विदा



नुवाकोट,असार २५ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा १५ दिन मात्र वर्षे विदा दिइने भएको छ ।

सोमबार गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै विद्यालयहरुमा १५ दिन मात्र सार्वजनिक विदा दिइने जनाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थी, अभिभावक र सरोकारवाला बीच भएको सहमति अनुसार विद्यालयको वर्षे विदा अवधि घटाइएको जनाएको छ ।

यसअघि वर्षे विदाका रुपमा असारको दोस्रो हप्तान्तदेखि साउनसम्म ३० देखि ४५ दिनसम्म विदा दिइदै आएको थियोे । नयाँ सूचना सार्वजनिकसंगै असार २० देखि वर्षे विदा दिइएको लिखुका विद्यालयहरु साउनको पहिलो हप्तान्तदेखि खुल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्