बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ५ जना मन्त्रीले बुझाए राजिनमा



काठमाडौं,असार २४ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमाले पार्टीबाट मन्त्रिपरिषदमा सहभागी सबै मन्त्रीहरुले राजिनामा पेश गरेका हुन् । एमालेबाट बागमतीमा मन्त्रिपरिषदमा ५ जना सहभागि थिए । ती पाँचै जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले राजिनामा दिएका हुन् । यस्तै, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्