नुवाकोटबाट एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल ६ विद्यालय



नुवाकोट,असार २३ । नुवाकोटका छ विद्यालयले एसइइमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । सामुदायिक विद्यालयतर्फ सुर्यगढी गाउँपालिका र संस्थागततर्फ विदुर नगरपालिकाका चार र लिखु गाउँपालिकाका एक विद्यालायले शतप्रतिशत नतिजा सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

सामुदायिक विद्यालयतर्फ गणेश माध्यामिक विद्यालय (गणेशस्थान) रहेका छन् । यस्तै, संस्थागत विद्यालयहरुमा कल्याणकारी विद्या मन्दिर (विदुर)ले, दिव्यरत्न बोर्डिंग स्कुल (विदुर)ले, ओम माने पब्लिक स्कुल (गेर्खुटार), कर्मसाङ इङ्लिस स्कुल (राइसिङ) र ज्योतिकुञ्ज एकेडेमी (थानसिंङ) रहेका छन् ।

नतिजाअनुसार कल्याणकारीले ४, गणेश मावि, दिव्यरत्न र ओम मानेले ८/८, कर्मसाङले ९ र ज्योतिकुञ्जले ११ जना विद्यार्थी उत्तीर्ण गर्न सफल भएका छन् । नुवाकोटबाट सामुदयिकतर्फ १२५ विद्यालय र संस्थागततर्फ २४ विद्यालयले एसइइमा सहभागिता जनाएको थियो ।

नुवाकोट जिल्लाका नियमितर्फ साधारण र प्राविधिक धारतर्फ तीन हजार ८४४ जना विद्यार्थीले परीक्षा दिएका थिए । एक हजार ६४५ जना विद्यार्थी उत्तीर्ण र दुई हजार १९९ जना विद्यार्थी अनुउत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्