बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने निर्णय
काठमाडौ,असार २३ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले राजीनामा नदिने निर्णय गरेका छन् । सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आइबातर बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको बताए ।