एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौं,असार २३ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सांसदलाई अनिवार्यरुपमा उपस्थिति हुन निर्देशन दिइएको बर्तौलाले बताए ।
कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।
यही सन्दर्भ लगायत पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल हुने र संसदमा पार्टीले खेल्ने भूमिकाबारेमा पनि छलफल हुने बर्तौलाले बताए ।