काठमाडौँमा पहिरोले पुरिएर गोरखाका युवकको मृत्यु
काठमाडौं,असार २२ । काठमाडौँको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ ।
नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए । पहिरो शनिबार बिहान ११ बजेतिर खसेको थियो ।