छहरे-टोखा सडकखण्डमा पहिरो गएपछि एकतर्फी सवारी सञ्चालन



नुवाकोट,असार २१ । छहरे-टोखा सडकखण्ड अन्तर्गत भञ्ज्याङमा पहिरो गएपछि रोकिएको सवारी आवागमन एकतर्फी सञ्चालनमा आएको छ ।

गुर्जेस्थित माथिल्लो भञ्ज्याङ् शैनिक इलाका नजिकैबाट नुवाकोटतर्फ शुक्रबार बिहान पहिरो खसेको थियोे ।

पहिरो खसेपछि नुवाकोट तथा काठमाडौ आवातजावत गर्ने सवारीसाधन बीच बाटो मै रोकिएको थियोे । अबरुद्ध बाटो एकतर्फी सञ्चालनमा ल्याइएको गुर्जे स्थित अस्थायी प्रहरी पोस्टका प्रहरी  प्रमुख हर्क श्रेष्ठले बताए ।

पछिल्लो समयको वर्षाले पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्