सरकारले तोक्यो धानको समर्थन मूल्य
काठमाडौं,असार २१ । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा तोकको छ । यस्तै, मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा कायम गर्ने निर्णय गरेको हो ।