लेनडाँडा सुरुङमार्ग छिचोलियो



काठमाडौं,असार २१ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीवार छिचोलिएको छ । 

द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङमार्गको जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त सुरुङमार्गको लम्बाइ १ हजार ६१२ मिटर छ । उक्त सुरुङमार्ग छिचोल्ने कार्यक्रमको प्रधानसेनापति प्रभुराम शर्माले अवलोकन गरेका थिए । 

यसअघि जेठ ४ गते लेनडाँडा सुरुङमार्गको काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएका थिए । 

प्रतिक्रिया दिनुहोस्