प्रतितोला १ हजार ६०० रुपैयाँले महँगियो सुनको भाउ, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं,असार २० । सुनको भाउ थप महँगिएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँ वृद्धि भएको छ।

अघिल्लो दिन १ लाख ४२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज फेरि बढेर १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ भने १ लाख ४३ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस्तै, साताको पाँचों कारोबार दिन चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ । योसँगै आजका लागि चाँदीको कारोबार मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्