चुनावको सात महीनापछि नेदरल्याण्डमा मन्त्रिपरिषद सदस्यहरूले शपथ लिए



नेदरल्याण्ड,असार १९ । चुनावको सात महीनापछि नेदरल्याण्डमा मंगलवार मन्त्रीहरूले शपथ लिएका छन् । डिक स्कूफको नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूलाई राजा विलेम–अलेक्जेन्डरले शपथ गराए । 

नेदरल्याण्डमा गत नोभेम्बरमा चुनाव भएको थियो । त्यसको ६ महीनापछि दक्षिणपन्थी नेता गिर्ट वाइल्डर्सले नयाँ मन्त्रिपरिषद् गठनका लागि वार्तारत चार दलहरू (पीभीभी, भीभीडी, एनएससी र बीबीबी)बीच सम्झौता भएको घोषणा गरेका थिए । चार दलहरूको दक्षिणपन्थी गठबन्धनले गरेको २६ पृष्ठको उक्त सम्झौतामा धेरै विषयमा सहमति भएको बताइएको छ । सम्झौता कार्यान्वयन गर्न आगामी हप्तामा काम शुरु गरिने बताइएको छ । 

नयाँ मन्त्रीहरूलाई मंगलबार नै मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्