उपत्यकाको फोहर व्यवस्थापन: सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने
काठमाडौँ,असार १८ । सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनु पर्ने देखिएको छ ।
सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरु भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठसहितको टोलीले यस्तो बताएको हो ।
बर्खा सुरुभएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय अबलम्बन अध्ययनका लागि टोली गएको हो ।
अध्ययनका क्रममा उनीहरुले साइट व्यवस्थापनमा काम गर्ने कर्मचारी, फोहर ढुवानी गर्ने चालक र स्थानीयहरुसँग अवस्थाका विषयमा जानकारी लिएका थिए । यस्तै सडक र साइट व्यवस्थापनको काम हेरिरहेका थिए ।
‘साइटमा पु¥याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिन्छ ।’ अवलोकनपछि प्रवक्ता मानन्धरले भने, ‘काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रुपमा सञ्चालन गरेको छ । यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’
‘फोहर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनु पर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नु पर्छ । नत्र, विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ ।’ वातावरण समितिका संयोजक महर्जनले भने ।
फोहर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आफ्ना आफ्ना ठाउँमा जिम्मेवारी लिनपर्ने समितिका सदस्य एवं वडा नंं. ६ का अध्यक्ष भुवन लामाले बताए ।
नेपाल सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने देखिएको उनको भनाई छ। व्यक्तिको आचरण परिवर्तनदेखि फोहरको व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुप समितिका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले बताए । उनले भने,‘समस्या सबैलाई थाहा छ । पन्छाएर आफू चोखो भएर बस्ने प्रवृत्ति छ ।’
पुनःप्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहेर मल हुने कच्चा पदार्थ पनि लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर साइटमा लगिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । उनीहरुले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरे ।
उत्पादित फोहर व्यवस्थापनमा व्यक्ति व्यक्तिको दृष्टिकोण तथा व्यवहार परिवर्तन र साझेदारहरुका बिचमा एउटै धारणा निर्माणको कामलाई प्राथमिकता दिने भनाइ थियो ।
बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रुपमा रुपान्तरण गर्नेकामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको उनीहरुको भनाइ थियो ।
वफर जोनमा वृक्षारोपण
स्यानिटरी ल्याण्डफिल साइटको अवलोकन पछि टोलीले ठुलो थुम्का सामुदायिक वन क्षेत्रमा तेजपातका विरुवा रोप्ने कामको थालनी गरेको छ । यो ककनी गाउँपालिका वडा नं. २ क्षेत्रमा पर्छ । वृक्षारोपण गरिएको स्थान बञ्चरेडाँडा र आलेटार साइटबाट आधा किलोमिटर तथा सिसडोलबाट १ किलोमिटर दुरीमा पर्छ ।
डिभिजन वन कार्यालय नुवाकोटका फरेष्टर, मुकुन्द वास्कोटाकाअनुसार जग्गा ३४.३७ हेक्टर (करिब ६५० रोपनी) क्षेत्रफलमा रहेको सामुदायिक बनमा २ हजार ८ सय विरुवा रोप्ने महानगरपालिकाको योजना छ ।
वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठकाअनुसार बफर जोनमा हरियाली कायम गर्ने र साइट उत्तिस, चिलाउने, सल्लालगायत विरुवा छन् । आज तेजपातका विरुवा रोपिएका छन् ।