बढ्यो सुनचाँदीको भाउ



काठमाडौं,असार १८ । मंगलबार पनि सुनको भाउ सामान्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।

छापावाला सुन सोमबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, लगातर तीन दिन एउटै मूल्य कायम भई खरिदबिक्री भएको चाँदीको भाउ आज भने बढेको छ। मंगलबार प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्