सत्ता गठबन्धनमा असमझदारीका हल्ला असत्य-मन्त्री शर्मा



काठमाडौ,असार १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छिन । मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रूपमा आइरहेका बताइन ।

“गठबन्धनका दलबिच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन, “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गरेका छन्  ।” मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकारात्मक रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्