नक्कली भुटानी शरणार्थी प्रकरणः बेचनलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं,असार १६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झालाई गत शुक्रबार पक्राउ गरिएको थियो ।
आइतबार अदालतमा उपस्थित गराइएको थियो ।