२० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय
काठमाडौं,असार १६ । २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय भएको छ ।
सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदन लगायत कागजात पठाउन पत्रचार गर्ने निर्णय गरेको छ । अब ती सहकारीहरुको सबै विवरण आएपछि अध्ययन सुरु हुनेछ ।