रास्वपाले गर्यो एसइईमा उत्कृष्ट जीपिए ल्याएकी नुवाकोटकी सिम्रिकालाई सम्मान



नुवाकोट,असार १५ । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले एसइईमा उत्कृष्ट जीपिए ल्याएकी नुवाकोटकी सिम्रिका रिजाललाई सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले रिजाललाई सम्मान गरेको हो । जिल्लास्थित पार्टी सभापति रामेश्वर गजुरेलले सिम्रिकालाई नगदसहित सम्मानपत्र प्रदान गरे ।

‘२०८० सालको एसइई परीक्षामा नेपालभरबाट ४ जिपिए प्राप्त गर्ने कुल १८६ जनामध्ये नुवाकोटबाट ४ जिपिए प्राप्त गरी जिल्लाको नाम राख्न सफल भएकोमा आगामी शैक्षिक यात्रा सफलताको कामना गर्दछौं’ राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले भनेको छ ।

सिम्रिका सुभेनियर अङ्ग्रेजी विद्यालय बट्टारकी मेधावी छात्रा हुन् ।

प्रतिक्रिया दिनुहोस्