स्मारिका बनिन् नुवाकोटको एसइई टपर



नुवाकोट,असार १३ । बिहीबार सार्वजनिक एसइई परीक्षा २०८० मा नुवाकोट टपर जिल्लास्थित बट्टारको सुभेनियर इङलिस स्कुलकी स्मारिका रिजाल बनेकी छिन ।

रिजालले ४ जीपिए हासिल गर्दै जिल्लाकै सर्वोत्कृष्ट एसइई नतिजा हासिल गर्ने विद्यार्थीको नाम दर्ज गरेकी हुन। त्यस्तै अर्किड एकेडेमीका अविरल श्रेष्ठ, पृथ्वी माध्यमिक विद्यालयकी जिया खड्का र  रोजिना भण्डारीले ३.९६ जीपिए हासिल गरेका छन् ।

नुवाकोटबाट यस वर्ष क्याम्पस पढ्न पाउने विद्यार्थीको संख्या १६४५ रहेको छ भने स्तर वृद्धि गर्न चाहने विद्यार्थीको तथ्यांक भने संकलन भैरहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख कुमार बस्नेतले जानकारी दिए।

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटबाट प्राप्त विवरण

प्रतिक्रिया दिनुहोस्