एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण



बाजुरा,असार १३ । बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताए ।

उनले भने, “बाजुरामा नियमित दुई हजार ८३४ विद्यार्थीमा एक हजार ४८७ छात्रा र  एक हजार ३४७ छात्र परीक्षामा सहभागी भएका थिए ।”

एसइई परीक्षामा सहभागी भएका मध्ये एक हजार विद्यार्थीमा उत्तीर्ण र एक हजार ८३४ जना एनजीमा रहेको सूचना अधिकारी विष्टले बताए ।

२०८० को एसइईमा बाजुराका ६७ विद्यालय सहभागी भएका थिए । जसमा १५ वटा परीक्षा केन्द्र तोकेका थिए । यस तीन वटा प्राविधिक र एक वटा धार्मिक विद्यार्थी पनि सहभागी भएको शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्