एसईईको नतिजा भोलि बिहीबार बिहान सार्वजनिक हुने



काठमाडौँ,असार १२। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।

बोर्डले भोलि बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण कार्य पूरा भइसकेको बताए ।

एसईईको परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियाे । एसईईमा ४ लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्