एमाले उच्चस्तरीय टोली चीन प्रस्थान



काठमाडौं,असार १२ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालसहितको टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दशदिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो ।  

उच्चस्तरीय टोली चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वसँग दुई पार्टीबिचको सम्बन्ध र नेपाल–चीन सम्बन्ध विषयमा छलफल हुने कार्यक्रम रहेको पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले बताए । 

भ्रमण टोलीले हुवेइ प्रान्तको स्मार्ट सिटीका रूपमा निर्माण गरिएको सियाङ्गाआ शहरको अवलोकन गर्नेछ । यो शहर चीनका राष्ट्रपति सी चिनफिङको सोच (ड्रिम प्रोजेक्ट) अनुसार निर्माण गरिएको शहर मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्