वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात



वीरगञ्ज,असार ११ । मुख्य नाका वीरगञ्जमा चालू आर्थिक वर्ष (आव)२०८०/८१ को ११ महीनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात हुँदा निर्यात २९ अर्ब रुपैयाँमा खुम्चिएको छ । 

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि गत जेठ मसान्तसम्ममा ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यही अवधिमा निर्यात भने २९ अर्ब १६ करोड रुपैयाँ बराबर छ । 

गत आव २०७९/८० को समीक्षा अवधिको तुलनामा यो वर्ष कुल वैदेशिक व्यापारमा कमी आएको छ । कुल आयात–निर्यात कारोबार १४ दशमलव २७ प्रतिशतले खुम्चिएर ५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको भन्सारको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस्