ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत नियमन आयोगका अध्यक्षको शपथ



काठमाडौं,असार ११ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले डा. धिताललाई शपथ गराएका हुन् । 

शपथलगत्तै अध्यक्ष धितालले आयोगका सदस्य डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराए । डा. धितालले आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन् । उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत थिए । 

शपथ कार्यक्रमका अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्