विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ
काठमाडौं,असार १० । यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् ।
सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ ।
स्रोत साधनसहित तैनाथ जनशक्तिले बाढीपहिरो र डुबानका सम्भावित इलाकामा ‘हजार्ड म्यापिङ’ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयमा विपद् ‘फोकल पर्सन’ तोकेको छ । फोकल पर्सनले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार न्यौपाने जानकारी दिए ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटाइएको छ ।