ललितपुरमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन



काठमाडौं,असार १० । ‘स्वस्थ समाजका लागि स्वस्थ जीवन’ नाराका साथ ललितपुर स्थित स्थानीय रेडियन्ट रिडर्स एकेडेमी विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  शिविरलाई सानेपा – राजतीर्थ विकास समाज, काठमाडौ   टेकु बुद्धवारी स्थित बुद्धमाई फाउण्डेशन तथा बुद्ध माई (मिनिमल एक्सेस सेन्टर) (अस्पताल) को प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा अस्पतालका प्रवन्ध निर्देशक डाक्टर दिपक राज सिंहको नेतृत्वमा १५ जना चिकित्सकहरु तथा अस्पतालका ७ जना नर्सहरुको टोलीले विभिन्न ११ रोगका जम्मा ३५३ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा विभिन्न ११ रोगहरुको एकै छानामुनी दुई भन्दा बढी चिकित्सकहरुवाट परिक्षणको अवसरको सदुपयोग गरेका छन् ।  स्वास्थ्य शिविरमा सवैभन्दा बढी अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढीले निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्