‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’



काठमाडौं,असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्  । 

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रज्ञा-प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र सम्बन्धी अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवम् अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राखे ।

मन्त्री तामाङले साहित्यकार, अन्वेषकलगायत वाङ्मय क्षेत्रका प्रतिभाहरूको सम्मान गर्ने तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न पनि प्रतिष्ठानले भूमिका खेलिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्