केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाइ नराम्रो भन्न मिल्दैनः श्रममन्त्री अर्याल



काठमाडौं,असार ९ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले केहि व्यक्तिहरुले सहकारीलाइ बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’

केही व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्यालले बताए । उनले भने, ‘केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन ।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए । सहकारीले भोलीका दिनमा कसरी काम गर्ने र सहकारीलाइ कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्