‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ स्मृति ग्रन्थ लोकार्पण



भक्तपुर,असार ९ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, समीक्षक र लेखकहरूले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन।

कार्यक्रममा प्राज्ञ डा. गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र संघर्षलाई उजागर गरेको चर्चा गरे । विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धाभावले उनको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्