ज्योति विकास बैंकले दियो नुवाकोटको जनज्ञान निकेतन माविलाई स्मार्ट टेलिभिजन



नुवाकोट,असार ८ । ज्योति विकास बैंक लिमिटेडले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रम बीच ज्योति विकास बैंक छहरे शाखाका प्रमुख सुवर्ण सिटौलाले विद्यालयलाई स्मार्ट टेलिभिजन प्रदान गरेका हुन् ।

त्यस्तै विद्यालयको शैक्षिक सिकाइलाई प्रविधिमैत्री बनाउने उदेश्यले नुवाकाेट विकास संस्थाकाे पहलमा लस एन्जल्स युएसए निवासी याक एण्ड यतिका फेसन सञ्चालक सतिश भट्ट्चनले ५ थान ल्यापटप समेत प्रदान गरेका छन् ।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, शिवपुरी ८ का वडा अध्यक्ष केशबप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्