ललितपुरमा सहकारी रोजगार मेला शुरु
काठमाडौं,असार ८ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको प्रांगणमा सहकारी रोजगार मेला शुरु भएको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको उक्त मेलाको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरेका छन् । ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नाराका साथ आयोजना भएको मेलामा स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघले गरेको छ ।
‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नाराका साथ आयोजना भएको मेलामा स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघले गरेको छ ।
साथै, स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने बताइएको छ ।